खलंगामा अटो दुर्घटना हुँदा १० जना घाइते

खलंगामा अटो दुर्घटना हुँदा १० जना घाइते

क‍ाठमाडौँ -  सल्यानको शारदा नगरपालिका–२ खलंगामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगाबजारका लागि छुटेको रा१ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो।

दुर्घटनामा परी अटोमा सवार ११ मध्ये १० जना घाइते भएको सल्यान प्रहरीले जानकारी दिएको छ।  घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। घाइतेमध्ये ७८ वर्षीय वृद्ध र ३ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्ण बहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो।  अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी भने सकुशल रहेका छन्।

प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र नभएको पाइएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया