सोसेक नेपालको विश्व सिमसार दिवसको शुभकामना सन्देश
दैलेख: सोसेक नेपाल विश्व सिमसार दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । ‘सिमसार र परम्परागत ज्ञान ः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नाराका विभिन्न कार्यक्रमसहित नेपालमा पनि आज विश्व सिमसार दिवस मनाइँदै छ । मंगलबार एक प्रेसनोट जारी गर्दै विश्व सिमसार दिवसले सिमसार क्षेत्रहरूको महत्वबारे सचेतना फैलाउने महत्वपूर्ण अवसर प्रदान गर्दछ । सिमसारहरू जैविक विविधताको संरक्षण, जलवायु सन्तुलन, पानीको शुद्धीकरण तथा स्थानीय समुदायको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएका अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरेको छ ।

कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा नेपालका सिमसार क्षेत्रहरू प्राकृतिक, सांस्कृतिक र आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण भए तापनि विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । तसर्थ, सिमसारको संरक्षण, दिगो उपयोग र व्यवस्थापनका लागि सरकार, समुदाय, नागरिक समाज तथा सरोकारवाला सबैबीच सहकार्य अपरिहार्य रहेको उक्त प्रेसनोटमा जारी गरीएको छ ।
यस अवसरमा सोसेक नेपाल सिमसार संरक्षणका लागि जनचेतना अभिवृद्धि, समुदायको सशक्तिकरण र दिगो अभ्यास प्रवद्र्धनमा निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पार्दै, सबैलाई सिमसार संरक्षण अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गर्दछ ।
जलवायु परिवर्तनका कारण अनपेक्षित रुपमा अत्यधिक वर्षा भई बाढीपहिरोसहित विकराल समस्या सिर्जना भएका छन् । लामो समयसम्म वर्षाको अभावमा जमिन सुक्खा हुनु, गरिबी र बेरोजगारीका कारण सिमसार क्षेत्र अतिक्रमण हुनु, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, रासायनिक मल र विषादीको मिसावट पनि सिमसारका पछिल्ला प्रमुख चुनौती बनेको छ ।

प्रतिक्रिया