नौमुलेमा एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित ९ जना घाइते

नौमुलेमा एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित ९ जना घाइते

दैलेख: दैलेखको नौमुले गाउँपालिकाको एम्बुलेन्स नौमुले गाउँपालिका–५ गजमाली स्थित बुधवार बिहाँन ५ः०० बजेको समयमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  नेपालगन्ज बाट नौमुले गा.पा.६ सल्लेरी तर्फ बिरामी लिएर जाँदै गरेको क.प्र.०२–००१ झ ०१०६ नम्बरको नौमुले गाउँपालिकाको एम्बुलेन्स सडक देखी करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डिएसपी गणेशबहादुर बरालले ज्वाला सन्देशलाई जानकारी दिए ।


 
दुर्घटनामा घाइते हुनेमा एम्बुलेन्स चालक वर्ष २६ को इन्द्र बहादुर मगर, नोँमुले गाउँपालिका–६ कि ५५ वर्षीय पवित्रा सलामी मगर,उनको ५ वर्षको छोरा छविलाल सलामिमगर, वर्ष ५५ कि भविसरा दलार्मी मगर रहेका छन् । यस्तै ६५ वर्षका कर्ण दलार्मीमगर,वर्ष ३३ का अम्मर सलामी मगर,२६ वर्षीय गीता योगी,३३ वर्षका दीपेन्द्र बहादुर योगी, ४० वर्षीय देबिसरा दलार्मी मगर घाइते भएका छन् ।

 घाइतेहरुलाइ थप उपचारको  लागी जिल्ला अस्पताल दैलेख तर्फ पठाइएको छ । एम्बुलेन्स दुर्घटना हुनुमा चालकको लापरवाहीको कारण रहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरी प्रमुख बरालले बताए । 

प्रतिक्रिया