अमर सुनार दैलेख

शैक्षिक सिकाई गुणस्तर सुधार हुन सकेन

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले विद्यालयको संख्या बढे जति शैक्षिक सिकाई गुणस्तर सुधार हुन नसकेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखले आज गैंडाबाजमा आयोजना गरेको ‘अन्तरराष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उनले सो विचार राखेको हुन् । अध्यक्ष शाहीले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले प्रयाप्त बजेट परिचालन गरेको त्यस अनुसार विद्यार्थीहरुको सिकाई स्तर सुधार गर्न सबै शिक्षकहरु इमान्दार भएर [...]

विद्यार्थीद्वारा शिक्षकलाई धम्की

दैलेख – कालिका मावि तिलेपाटाका ४७ बर्षीया सहायक प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायलाई अभ्यास शिक्षणमा अनुपस्थित रहेका सोही विद्यालयका कक्षा १२ का छात्र १७ वर्षीय निराजन थापाले हिजो बुधवार बिना अभ्यास नम्वर नदिए ज्यान मार्ने धम्की दिएका छन् ।आफू अनुपस्थित रहे पनि नम्बर नदिए ज्यान मार्ने धम्की दिएको भन्दै सहायक प्रधानाध्यापक उपाध्यायले प्रहरी चौकी तिलेपाटामा ज्यान सुरक्षाको लागि निवेदन दिएका थिए । तर छलफल हुन नसकेको विद्यालयका प्रधानाध्यापक [...]

अदालतले ग¥यो प्रशासनबाट भइरहेका न्यायिक सम्पादनका कामको अनुगमन

दैलेख: दैलेख जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालयबाट भइरहेका न्यायिक सम्पादनका कामको अनुगमन गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछाने सहित अदालतको न्याय सम्पादन गर्ने कर्मचारीहरुको टोलीले सोमवार अनुगमन गरेको हो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखा इञ्चार्ज नायव सुब्बा तिलक न्यौपानसंग प्रशासन कार्यालयका कामको प्रक्रिया र कठिनाई विषयमा छलफल भएको थियो । अदालतबाट बेलाबेला हुने अनुगमनले गर्ने [...]

घुस प्रकरणमा वडाध्यक्ष र प्रधानाध्यापक तारेखमा

शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा दीप मावि पिपलकोटका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आलेमगरलाई प्रहरीले दिनभरको सोधपुछपछि तारेखमा छाडेको छ । परीक्षामा घुस लिएको परीक्षार्थीहरुबाटै खुलेपछि शनिवार दिनभर सोधपुछबाट सबै कुरा खुल्न नसकेको कारण थप छानबिनका लागि थप अनुसन्धानका लागि आइतवार हारिर हुने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय [...]

आमालाइ पत्र लेखेर सोह्र वर्षे बालक वेपत्ता

कात्तिक १४, २०७७ –दैलेख – पहिले महाबु गाउँपालिका–५ काशिकाँध थियो घर पाँच वर्षदेखि नारायण नगरपालिका–८ किमुगाउँमा बस्ती सरेका अभिभावकसंगै आएका गोबिन्द बिक उमेर १६ वर्ष भए । बसन्त मावि किमुगाउँमा ९ कक्षामा नाम लेखाएका छन् । कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरुसंग मजदूरी काम गर्थे । जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणमा जुटेका गोबिन्द र उनका दाजुहरुले दशैंको महाअष्टमीको दिउँसै काम रोके, मजदूरीको पैंसा पाए । गोबिन्दका दाजु बखतले रकम [...]

सामाजिक पुरातन मान्यता तोड्न नसकेसम्म महिला माथि हुने हिंसा निर्मूल हुन नसक्ने

नारायण नगरपालिका वडा नंं. १० का वडाध्यक्ष लोकबहादुर थापाले सामाजिक पुरातन मान्यता तोड्न नसकेसम्म महिला माथि हुने हिंसा निर्मूल हुन नसक्ने बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शनिवार १३ औं दिन नारायण नगरपालिका कार्यालयले भवानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् । वडाध्यक्ष थापाले विभिन्न राजनीतिक परिवर्तन र आन्दोलनको बलमा पहिलेको भन्दा महिला माथि हुने हिंसा र अरु सामाजिक विभेद बिस्तारै कम हुँदै [...]
1 2