अमर सुनार दैलेख

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को ६ करोड रुपैंयाँ २८ ओटा आयोजना

दैलेख क्षेत्र नं. २ का साँसद राजबहादुर बुढाले चालु आर्थिक वर्ष २०७६÷०७७ को ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को ६ करोड रुपैंयाँ २८ ओटा आयोजना निर्माणमा खर्च गर्ने जानकारी गराएका छन् । दैलेख सदरमुकाममा शुक्रवार पत्रकार सम्मेलन गरी उक्त कुरा खुलाए । निर्वाचन क्षेत्र नंं. २ का तीन नगरपालिकाका नगरसभा र दुई गाउँपाकिाका गाउँसभाबाट निर्णय भई आएका र स्थानीय श्रोतले गर्न नसकेका आयोजना छनौट गरी पाँच ओटै स्थानीय तहमा न्यायोचित हुने गरी कार्यक्रम [...]

काँडाचौर र टुडिखेलमा मात्र प्रदर्शन पाइने

दैलेख, वैशाख ४ – सरकार अथवा कुनै निकायले गरेको निर्णय वा कार्यप्रति असन्तुष्ट पक्ष वा समूहले बिरोध गर्न परे दैलेखमा अव काँडाचौर र टुडिखेल बाहेक अन्यत्र बिरोध वा जुलुस प्रदर्शन गर्न नपाइने भएको छ । प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकामभित्र काँडाचौर र टुडिखेल बाहेक अन्यत्र बिरोध वा जुलुस प्रदर्शन गर्न नपाइने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी [...]

बोक्सीको आरोपमा फागुन २४ गते कैलालीमा एक किशोरी माथि कुटपीट भएको घटनाको दैलखेका नागरिक समाज संस्थाहरुले निन्दा

फागुन २६ गते , कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ देहुकलियाकी १८ वर्षीया राधा चौधरी माथि कथित बोक्सीको आरोपमा सामूहिक कचहरीमा फागुन २४ गते कुटपीट भएको घटनाको दैलखेका नागरिक समाज संस्थाहरुले निन्दा गर्दै आज प्रेस बिज्ञप्ती जारी गरेका छन् । घोडाघोडी नगरपालिका–५ देहुकलियाकै स्थानीय गुरुवा भनिने रामबहादुर चौधरी, किस्मती चौधरी र पार्वती चौधरीले कथित बोक्सीको आरोपमा अन्तरराष्ट्रिय महिला दिवसकै दिन फागुन २४ गते विहान झण्डै ५ घण्टा मरणासन्न हुने [...]

मोति बिन्दू अप्रेसनको उद्घाटन

फागुन २६ – कर्णाली प्रदेशसभाका साँसद हिमबहादुर शाहीले व्यक्ति तथा समुदायको सुरक्षा र दैवी प्रकोपबाट जोगिन सतर्क रहन सचेतनाको जरुरी रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी दैलेखले डुङ्गेश्वरमा आयोजना गरेको ३ दिने मोति बिन्दू अप्रेसन सेवाको शनिवार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । साँसद शाहीले रेडक्रसले गर्दै आएको मानवीय सहयोसहयोगमा अझैं तत्परता दिन सुझाव दिनुभयो । शिविर उद्घाटन समारोहमा दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज [...]

कुटपिटले हात भाँचियो

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का खड्के कामीलाई सोही ठाउँका पदमबहादुर शाहीले कुटपिट गरेर हात भाँचिदिएका छन् । खड्के कामीको जग्गा हडप्ने उद्देश्यले फागुन २ गते मरणासन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन् । पदमबहादुर शाहीको उदण्ड स्वभाव र दवावका कारण खड्के कामी माथि भएको शोषण दमन बिरुद्ध कसैले बोलेका छैनन् । असुरक्षा बढ्ने भएकोले पीडितले न्यायका लागि उजूरी गर्न नसकेको मनबहादुर बिकले बताए [...]

साझेदारी बढाउन प्रमुख थापाको आग्रह

चुनाव जितेर पनि दुखी छु ः अध्यक्ष बिक जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले सरकारले विकासमा निजी क्षेत्रको सार्वजनिक साझेदारी नीति ल्याएकोेले जिल्लाको विकासमा सहकार्य गर्न दैलेख उद्योग बाणिज्य संघका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् । दैलेख उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण वितरण तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख थापाले सो भनाई राखेका हुन् । नव निर्वाचित अध्यक्ष [...]

झाडापखलाले महिलाको मृत्यू

दैलेख, माघ १७ – दैलेखको महाबु गाउँपालिका वडा नं. २ बडाखोला डुँग्रीमा फैलिएको झाडापखलाले एक महिलाको मृत्यू भएको छ । ५५ वर्षीय रत्ना बिकको मृत्यू भएको बडाखोला स्वास्थ्य चौकीका अहेव पदम खत्रीले बताउनु भयो । लगातार ३ दिनदेखि झाडापखलाको क्रममा सुरुमा काठपाते औषधि गरेका र अन्तिम समयमा स्वास्थ्य संस्थामा आएको खत्रीको  भनाई छ । थप उपचारका लागि सदरमुकाम लिंदै गर्दा जाहरकोट पुग्दा आज मृत्यू भएको हो । बडाखोलामा अहिले पनि झाडापखलाले ४-५ जना बच्चाहरू बिरामी [...]

गुन्द्री छोईंदा कुटपिट !

महाबु गाउँपालिका–२ बडखोलाको डुंग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई सोही ठाउँका ४७ वर्षीय भीमबहादुर रोकाय र महाबु गाउँपालिका–१ खरिगैरा घर भएका भीमबहादुरका जुवाई २६ वर्षीय नगेन्द्र खत्रीले जातीय विभेद गर्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् । सोमवार दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा उनीहरु बसेको गुन्द्री छोइएको भन्दै आफू माथि कुटपिट भएको पहलको भनाई छ । कुटपिटको क्रममा पहलको दाहिने आँखामा कडा चोट लागेको छ । जिउभर [...]
1 2