एच.एस.थापा

सोसेकको पारदर्शिता नै मन पर्छ ः वडाध्यक्ष शाही

आठबीस नगरपालिका–३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले सामाजिक सेवा केन्द्र (सोसेक)को पारदर्शी कार्यशैली र आपतकालिन सहयोग गर्ने तरिका आफूलाई मन परेको बताएका छन् । सो वडाको कुमालखाडा गाउँको डाँडाखोला पोखरी निर्माण गरेका स्थानीय उपभोक्ताहरुलाई मजदूरीको रकम वितरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । ‘आफ्नै पाखो बारीमा तरकारी खेती गर्न गाउँमै पोखरी निर्माण गरी सेवा उपभोग गरेकाहरुले दशैंको बेला हातहातमा रकम पाएको त्यो भन्दा अरु ठूलो खुशी के हुन [...]

राउटे पनि प्रधानमंत्री रोजगार कार्यक्रममा

दैलेख– राउटे महामुखिया महिन वहादुर शाहीले दैनिक ज्यालादारीमा काम गरौंला भन्ने कल्पनासम्म गरेका थिएनन्।् खेतीपाती नगर्ने, एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने यो समुदाय अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडिएको छ । प्रधानमंत्री रोजगार कार्यक्रममा राउटे समुदाय वृक्षारोपणको लागि खाल्डो खन्दै राउटे समुदायका लागि ज्याला मजदूरी गर्नु रहर हैन, बाध्यता हो । नजिकै संक्रान्ति आउँदैछ। साउन एक गतेको कर्कट संक्रान्ति राउटेहरुको दोस्रो ठूलो पर्व हो । [...]

सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति नआओस्

मकवानपुर, २ वैशाख । सत्तारुढ नेकपा समर्थित नेकपा अन्तर्गतको नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदुर संगठन यूनिट्राभको ३६ औं स्थापना दिवसको अवसरमा मकवानपुरको चित्लाङमा आयोजित कार्यक्रममा महासचिव चौधरीले भने, ‘अहिले बनेका कानूनहरुले श्रम सम्बन्धलाई सुमधुर पार्ने र यो क्षेत्रलाई सुधार गराएको छ । अब यसलाई [...]

पछिल्लो ४ वर्षमा शेयर बजारले तय गर्यो यस्तो यात्रा

तिब्र उतारचढावका बिच १२७७.५५ विन्दुबाट २०७५ को पहिलो कारोबार सुरु भएको शेयर बजार अन्नत वर्षको समाप्तिमा ११८४.०२ अंकमा बन्द भएको छ । १ वर्षको योे अवधिमा शेयर बजार ९३.५३ अंकले तल झरेको छ । योसँगै पछिल्ला ४ वर्षमा शेयरले कस्तो यात्रा तय गर्यो त ? हेरौं यो सामग्री । २०७१ सालमा बजार परिसुचक नेप्सेको उच्चतम विन्दु १०८४ कायम भएको थियो भने यसै वर्ष नेप्से सबैभन्दा तल्लो विन्दुमा झर्दा ८०८ अंकसम्म ओर्लिएको थियो । २०७१ चैत देखि २०७२ चैत २०७१ सालमा शेयर बजार [...]

अभियान्ताको शुभकामना शैली फरक

देशमा नयाँ बर्षको शुभकामना आदान प्रदान गरिरहेकै बेला दैलेखका एक अभियान्यताले फरक शैलीले २०७६ को शुभकामना दिएका छन् । देशमा बढ्दो बालविवाह न्यूनीकरण, कुसंस्कारमा रहेको छाउपडी प्रथाको अन्त्य, जोखिम रहेका बालबालिका उद्धार होस, र बलत्कार हिंसा घटना नहुन भन्ने सन्देश मुलक शुभकामना दिएका हुन् । देशमा शान्ती समृद्धिका साथै समाजमा भएका कुसंस्कार, छुवाछुत र हिंसाका घटनाको अन्त्य भएपछि मात्र दिगो विकासको शान्ती हुन सक्ने भन्दै उनले यस्तो शुभकामना दिएको [...]

राउटे बालबालिकाको उपचार

सुर्खेत, कार्तिक –१, राउटे बालबालिकाको उपचार गरिएकोछ । घुमन्ते जिवन विताईरहेका राउटे समुदाय पहाडवाट वेसीमा झरेपछि अधिकाँस बालबालिका विमारी परेका थिए । औषधी खान नमान्ने तथा उपचारको लागि हेल्थपोष्ट वा मेडिकलमा नजाने राउटे समुदायका बालबालिका विरामी परेपछि अलपत्र अवस्थामा रहेका थिए । दशैंको लागि राउटे समुदायमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न जाँदा अधिकाँस बालबालिका विरामी परेको अवस्था देखेपछि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले औषधी उपचारको [...]

राउटे समुदायमा पहिलो पटक बाल दिवस, बालबालिकालाई कपडा वितरण

दैलेख भदाै २९ । कर्णालीको गहनाको रुपमा रहेको राउटे समुदाय बसोबास गर्दै आएको बस्तीमा पहिलो पटक बाल दिवस मनाइएको छ । फिरन्ते जिवनयापन गर्दै आएका लोपोन्मुख राउटे बस्तीमा पहिलो पटक बाल दिवस मनाइएको हो । यहाँको गुरासँ गाउँपालिका ८ को पाखापानीमा बसोबास गर्दै आएका समुदायको बस्तीमै बाल दिवस मनाइएको हो । जिल्ला बाल कल्याण समिति दैलेख, गुरासँ गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सयुक्त प्रयासमा राउटे बालबालिकाहरुले पहिलो पटक बाल दिवस [...]
1 2