एच.एस. थापा दैलेख

दुल्लुमा शिक्षा प्रतिकार्य योजना निर्माण कार्यक्रम सम्पन्न

दैलेख : जिल्लाको दुल्लु नगरपालिकामा सिकाई निरन्तरता अभियान, प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ केन्दीय कमिटिको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा कोभिड–१९ का कारण पछाडी परेको शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य उदेश्यका साथ कार्यक्रम गरिएको हो । देशैभरीका २० वटा पालिकामा संचालन गरिने कार्यक्रममा दुल्लू नगरपालिका पनि छनोट भई कार्य संचालन गरिनेछ । [...]

बेवारिसे सुत्केरी र नवजात शिशु परिवारको जिम्मामा

दैलेख ः दैलेखमा बेवारिसे अवस्थामा उद्धार गरिएको सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाईएको छ । नारायण नगरपालिका–५ भैसीखोर नजिकै इटाडाँडाबाट बेवारिसे अवस्थामा उद्धार गरिएको सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाईएको हो । बेवारिसे ३० बर्षीया सुत्केरी महिला, पाँच दिने नवजात शिशु र ती महिलाका चार बर्षीया छोरा समेतलाई जिल्ला प्रहरी कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त प्रयासमा उद्धार गरिएको [...]

राउटे समुदायलाइ मुख्यमन्त्रीको उपहार ः मासिक दुई हजार भत्ता, राउटे उत्साहित

राउटे मुखिया सुर्य नारायण मुख्य मन्त्री माननिय महेन्द्र वहादुर शाही ज्युस‌ग कुरा राख्दै दैलेख कर्णली प्रदेशका मुख्य मन्त्री माननिय महेन्द्र वहादुर शाही राउटे वस्तीमा पुगेर मासिक दुई हजार भत्ता धोष्णा गर्नु भएको छ । कर्णाली प्रदेश सरकारमा सरकारकै भबिस्यको बारेमा सत्ताधारी दल भित्रै सकस चलिरहेको बेला मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहित प्रदेश सरकारका तीन मन्त्री राउटे बस्तिमै पुगेरै राहात सहित बन भोज अयोजना गरेका छन । सुर्खेतको चिङाड [...]

बडादशैको सातौँ दिनः दैलेखमा यसरी फुलपाती भित्र्याईयो (भिडीयाे)

असोज १८, दैलेख । आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । भिडियाे लिंक तल दिएकाे छ । फुलपाती भित्राउदै दैलेख [...]

बाल अधिकार संरक्षण र सम्बद्र्धनका लागि नागरिक समाज गठन

बालबालिकाको अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यले दुल्लुमा नागरिक समाज गठन गरिएको छ । बालबालिकाका हक अधिकारलाई सुनिश्चित गर्न दुल्लु नगरपालिकामा नागरिक समाज गठन गरिएको हो । सेफ नेपालका अध्यक्ष  तथा दाेर्णााचल शिक्षा क्याम्पसका सहायक प्राध्यपक तेजबहादुर खड्काको संयोजकत्वमा ७ सदस्यीय समितिको गठन गरिएको छ । बालबालिकाको क्षेत्रमा साझा क्रियाकलापहरु सञ्चालन गर्न नागरिक समाज गठन गरिएको खड्काले बताए । उनले थपे नागरिक समाज “तेस्रो क्षेत्र” [...]

जन्म दिन मनाउने नयाँ तरीका, थापाले गरिव वालवालिकालाई दिए छात्रवृत्ति

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले आफ्नो जन्म दिनको अवसरमा गरिव परिवारका वालवालीकाहरुलाई विद्यालय पोषाक लगाएत शैक्षिक साम्रगी वितरण गरेर जन्म दिन मनाएका छन् । जन्म दिनको दिन छात्रवृद्धि दिएका वालवालिकाको साथमा जन्म दिनको दिन छात्रवृद्धि दिएका वालवालिकाको साथमा जन्म दिनको दिन छात्रवृद्धि दिएका वालवालिकाको साथमा सदरमुकाममा रहेको वाल मन्दिर आभाुत विद्यालयमा अध्यनरत वालवालिकाहरुलाई थापाले छात्रवृत्ति वितरण [...]

समुदायमा आधारित बाल क्लव गठन

गुराँस गाउँपालिका वडा नं. ३ पारीगाँउमा समुदायमा आधारित वाल क्लव गठन गरिएकोछ । वडा नं. ३ पारीगाँउका धन कुमारी विकको अध्यक्षतामा १५ सदस्य रहेको चेतनशिल वाल क्लव वडा ३ का वडा अध्यक्ष गंगाराम खत्रीको रोहवरमा गठन गरिएको हो । वाल क्लवका उपाध्यक्ष जगदिश विक, सचिव तारा विक, सहसचिव सन्तोष विक, कोषाध्यक्ष विनिता विक सदस्यहरुमा क्रमश मनिशा विक, महेन्द्र विक, गिता विक, अन्जुली विक, लक्ष्मि विक, शुसिल विक, रीता विक, वखत विक, रेशम विक र निर्मला विक रहेका छन् । वाल क्लवको [...]