कल्पना भण्डारी

महिनावारी नरोकौं

‘महिनावारी भनेको महिलाको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो। यो महिलाका शरीरमा भएका हर्मोनको मात्रामा आउने परिवर्तनको कारणले हुने गर्छ। महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो। महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ। साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ भने कसैमा आठ [...]