कृष्णप्रसाद अधिकारी

‘आमाबुबालाई बृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ’

दैलेख : साहित्यमा अनेक शब्दहरु हुन्छन् । ति शब्दहरु दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेल खाईरहेको हुन्छ । त्यस्तै मध्यको एक हरफ हो, ‘आमाबुबालाई बृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ ।’ यो दैलेखमा शनिवार विमोचन भएको ‘जिवन यात्रा’ गजल संग्रहको एक हरफ हो । यो हरफले धेरै कुराको प्रतिविम्बीत गर्छ । गजलकार बविता बिष्ट (थापा) को गजल संग्रहमा लेखिएको हरफ साँच्चिकै समाजको यथार्थता बोलेको छ । यो हरफ गजल संग्रहको ५१ औँ गजलको रुपमा समावेश [...]