कैलाली ।

जेलमै अनसन बसेका रेशम चौधरी अस्पताल भर्ना

 छ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् ।रेशम विश्राम चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो ।जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टका अनुसार विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको बताए । टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुले तीनबुँदे माग राख्दै आइतबारदेखि अनसन थालेका थिए । [...]

होलीमा हतियार प्रहार गरी १ जनाको हत्या

कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा ज्यान गएको पुष्टि गर्दै छूरा प्रहार हुनुको कारण भने नखुलेको जानकारी दिए । ‘होली खेल्ने क्रममा अज्ञात समूहले [...]