ज्वाला सन्देश संवाददाता

बर्षाले घर भत्किँदा दैलेखमा एक महिलाको मृत्यु

अबिरल बर्षातले भत्किँएको घर । दैलेख : बिहीवार राती देखि परेको अबिरल बर्षातले घर भत्किँदा दैलेखमा एक जनाको ज्यान गएको छ । जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोटस्थित बालेसैनीकी ६२ बर्षीया बृद्धा लक्ष्मी थापाको मृत्यु भएको हो । बर्षातले घर भत्किदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक ईन्द्रजित सुनारले जानकारी दिए ।अबिरल बर्षातले दुई तले मुण्डा घरको (माटोले छाएको घर) बरण्डा भत्काएको प्रहरीले जनाएको छ । लक्ष्मीका तीन [...]

मास्क नलगाउनेलाई जरिवाना नलिन र सडकमा नउभ्याउन सर्वोच्चकाे अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर होल्डिङमा राख्ने गरेको थियो । त्यो काम संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार [...]

कोरोनाको ग्राफ बढ्दो : एकै दिन ९ हजार ७० जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दो छ। बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनाको रिपोर्ट पोजिटिभ आएको हो ।  मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ [...]

दैलेखमा कोरोनाबाट शिक्षकको मृत्यु

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । बुधवार साँझ दैलेखको भैरबी गाउँपालिका–४ भैरीकालिकाथुमका ४५ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जगत थापाले जानकारी दिए । सोमवार गरिएको आरटी–पीसीआर परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनि दैलेखस्थित आइसोलेसन अस्पतालमा उपचाररत थिए ।‘अक्सिजन स्याचुरेसन असाध्यै कम थियो, दैलेख सदरमुकामस्थित आइसोलेसनमा [...]

दैलेख सहित ५२ जिल्लामा निषेधाज्ञा

काठमाडौँ : कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र १२ जिल्लाकाले निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा जिल्लामा जिल्लाभर [...]

माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझायो

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बिहान संसद सचिवालयमा पत्र बुझाउँदै  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। माओवादीले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन्। यसअघि मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको [...]
1 2 3 4 9