ज्वाला सन्देश संवाददाता

कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेपाल महिला संघको आग्रह

दैलेख : नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । नेपाल महिला संघले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा बिरामीहरुको उपचारका लागि प्रभावकारी कदम चाल्न र संवेदनशील भईदिन स्थानीय, प्रदेश र संघीय सरकार तथा सम्बद्ध सबै निकायहरुलाई आग्रह गरेको हो । नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखका अध्यक्ष सिता कुमारी [...]

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु

१७७५ जनाले जिते कोरोना काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५  जनाको मृत्यु भएको हो । यसैगरी ७ हजार ६६० जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको [...]

विश्‍वासको मत लिने ओलीको कदमलाई असफल पार्ने कांग्रेसको निर्णय

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्‍वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको छ ।मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्दै प्रस्ताव असफल पार्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने [...]

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मंगलबार पार्टी मुख्यालयमा बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गर्दै विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो।२०७४ फागुन ३ गते माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन्। सरकारलाई दिएको [...]

७ महिनामै सिडिओ सुनारको सरुवा, प्याकुरेल दैलेखको नयाँ सिडिओ

दैलेख: दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको सरुवा भएको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सुनारलाई जिल्ला प्रशासन कार्यालय बर्दियामा सरुवा गरिएको हो । गत साउन २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट सुनारलाई दैलेखको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी तोकिएको थियो । दैलेखको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यभार सम्हालेको ७ महिना नबित्दै उनलाई जिल्ला प्रशासन कार्यालय [...]

‘कन्ट्रि डाइरेक्टर’ को अनुगमन भ्रमण

दैलेख : गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले हासिल गरेका उपलब्धिहरुको बारेमा जानकारी लिने उद्धेश्यले सेभ द चिल्ड्रेनका ‘कन्ट्रि डाइरेक्टर’ जेनिफर सेइड सहितको टोलीले गुराँस गाउँपालिकामा परियोजनाको अनुगमन भ्रमण गरेको छ । सहयात्रा पहिलो परियोजना सन २०१५ देखि गुराँस गाउँपालिकाका वडा नं ४ र ५ बाहेकका वडामा सञ्चालित थियो । दोस्रो परियोजना सन २०१९ देखि [...]

विचलित नहुन आह्वान

दैलेख : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि दैलेखले आफ्ना कार्यकर्ताहरुलाई विचलित नहुन आह्वान गरेको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको सबै राजनीतिक कदमहरुमा एकताबद्ध रुपमा साथ सर्मथन दिँदै अविलचित भई अगाडी बढ्न आह्वान गरेको हो । जिल्ला अध्यक्ष रविन्द्रराज शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लास्थित नेकपाका पार्टी कमिटि, पार्टीका सम्पूर्ण [...]

दैलेखमा दाहाल–नेपाल समूहले निकाल्यो विजयी जुलुस

दैलेख : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा दैलेखमा दाहाल–नेपाल समूहले विजय र्‍याली निकालेको छ। उनीहरूले सर्वोच्च अदालतको प्रशंसा गर्दै दैलेखको स्थानीय गणेश चोकबाट विजय र्‍याली निकालेका हुन्। विजय र्‍यालीमा (नेकपा) दाहाल–नेपाल समूहका दैलेख पार्टी अध्यक्षतगायत अन्य नेता तथा कार्यक्रर्ताहरुको सहभागिता थियो। नेपाल कम्युनिस्ट [...]

परीक्षा हलमा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

दैलेख: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्तिहरुलाई कारबाही गरेको छ । बोर्डले परीक्षाको समयमा टिकटक बनाउने विद्यार्थी, परीक्षाका निरीक्षक र विद्यालयका प्रधानाध्यापकलाई कारबाही गरेको हो ।  बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी दैलेखको कालिका माध्यामिक विद्यालय सिंहासैनका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरेको हो । २०७७ मंसिरमा सञ्चालित कक्षा १२ को [...]

कम्युनिष्टबाट संविधानको रक्षा हुन सक्दैनन् : नेता पौडेल

दैलेख : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान र गणतान्त्रिक लोकतन्त्रको रक्षा कम्युनिष्टबाट कहिल्यै हुन नसक्ने दाबी गरेका छन् । सोमबार असंवैधानिक कदम विरुद्ध नेपाली काँग्रेस दैलेखद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावताका नेपाली जनतालाई झुठ्ठा आश्वासन दिएर भोट लिएको आरोप लगाए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले भने ‘घर–घरमा ग्यास, पानी जहाजका सपना [...]
1 2 3 4 5 9