दुई सय ७२ जना बालबालिकालाई न्यानो कपडा
सुर्खेत : सुर्खेतका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका दुई सय ७२ जना बालबालिकालाई न्यानो कपडा सुइटर वितरण गरिएको हो । वीरेन्द्रनगर नगरपालिका–१ स्थित सरस्वती आधारभुत विद्यालय बांगेसिमलका एक सय ३० जना र नेपाल राष्ट्रिय आधारभुत विद्यालय धारापानीमा अध्ययनरत एक सय ४२ जना बालबालिकाहरुलाई सुइटर प्रदान गरिएको हो । अभियान्ता रचना सुनारको अग्रसरतामा बालबालिकाहरुलाई सुइटर वितरण गरिएको हो । अभियान्ता [...]