संसद विघटनको सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार प्रेस विज्ञप्ति जारी संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् । विज्ञप्तिमा शर्माले भनेका छन्, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न [...]