ज्वाला सन्देश संवाददाता

अलपत्र अवस्थामा भेटिएकी महिलाको उद्धार, परिवार फेला नपरेपछि मानव सेवा आश्रममा पठाईयो

दैलेख : मंसिर २१ गते दैलेखको नारायण नगरपालिका–१ मा एक महिला अलपत्र अवस्थामा भेटिइन् । सेतु बुढा नाम बताउने महिलालाई जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख (महिला र बालबालिका केन्द्र/बाल हेल्पलाइन १०९८) द्धारा उद्धार ग¥यो ।उद्धारपछि ६ दिनसम्म सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख (महिला र बालबालिका केन्द्रको आपत्तकालीन गृह) मा राखी मनोविमर्श, परामर्श प्रदान गरिएको थियो । मनोविमर्श, परामर्शका क्रममा पनि ती [...]

उत्थान परियोजनासँग साझेदारी गर्न प्रदेश सरकार तयार छ : मन्त्री केसी (भीडियो सहित)

दैलेख : कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जनताको जीवनस्तर उकास्ने क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छिन् । यूरोपियन यूनियन, दुल्लु नगरपालिका, आठबीस नगरपालिका तथा डिसिए नेपाल र लिवर्डको समन्वयन तथा सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित उत्थान परियोजना शुभारम्भ तथा प्रगति समिक्षा कार्यशाला गोष्ठिमा मन्त्री केसीले परियोजनाले जनताको [...]

लैङ्गिक मैत्री बजेटका लागि प्रतिबद्धता

दैलेख : नेपालमा संघीय शासन प्रणालीको अभ्याससँगै स्थानीय पूर्वाधारमा जनताको पहुँच स्थापना, सेवा प्रवाहमा प्रभावकारिता, रोजगारीको व्यवस्था र विपत् तथा महामारीको व्यवस्थापन गर्नमा स्थानीय तहको भूमिका बढ्दो क्रममा छ । स्थानीय तहबाट जनताको घरदैलोको सरकारका रूपमा जनचाहना अनुसार सरोकारवालाको सहभागितामा स्थानीय पूर्वाधार विकास गर्ने अभ्यासको थालनी भएको छ । यद्धपी तीनै तहका (स्थानीय, प्रदेश र संघ) सरकारको बार्षिक बजेट लैङ्गिक मैत्री नभएको टिकाटिप्पणी [...]

कर्तव्य ज्यानका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले कर्तव्य ज्यानका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले फरार अभियुक्त जिल्लाको आठविस नगरपालिका वडा नं. ५ बस्ने ६५ बर्षिया तुलबहादुर बस्नेतलाई ११ बर्षपछि पक्राउ गरेको हो । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।दैलेख जिल्ला अदालत दैलेखको लगत नं. २८१ मा उल्लेख भए अनुसार २०६६ असार २३ गतेको फैसला आदेशले उनलाई ५ महिना १४ दिन कैद सजाय तोकिएको थियो । पक्राउ परेका बस्नेतलाई कैद जरिवाना भुक्तानीको लागी दैलेख [...]

सरकारविरूद्ध सडकमा उत्रन कार्यकर्तालाई आह्वान

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए । उनले भने,‘२९ [...]

२४ घण्टामा थप १२१७ जनामा कोरोना संक्रमण, १०६४ डिस्चार्ज, १२ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ। यस्तै बिहीबार १ हजार ६४ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.२ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ३८६ रहेको छ। [...]

लोक सेवाको परीक्षा : ८ जना नक्कली परीक्षार्थी पक्राउ

दैलेख : जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही [...]

आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं : ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँँदैछ । मानव अधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । राष्ट्रिय मानव अधिकार आयोगले उल्लंघनका घटना बढ्दै गएको बताएको छ । शान्ति प्रक्रियाका बाँकी काम पुरा हुन नसक्दा नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ । विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले [...]
1 7 8 9