ज्वाला सन्देश सम्वाददाता दैलेख माघ २६

दैलेख उद्योग वाणिज्य संघमा कुल वहादुर विजयी

दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनवाट साझा प्यानलका कुल वहादुर विकले ८५५ मत पाप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी प्रगतिशिल प्यानलका नरेन्द्र थापाले ७८४ मत ल्याए । यसै गरि महिला सदस्यमा साझा प्यानलकी राधा पंगालीले ८०१ मत ल्याई विजयी भईन भने उनका निकटतम प्रतिद्धन्दी प्रगतिशिल प्यानलकी विष्णु कुमारी जैसीले ७९१ मत ल्याईन । यसै गरि सदस्यमा विजयी साझा प्यानलका झवीराज खत्री (कवी) ८६६, भक्त रावत ८९२, पदम [...]