तुलसीराम वैद्य

जसले नेपालको जग बसाए

इतिहासको विद्यार्थीको नाताले म ठोकुवा गरेर भन्न चाहन्छु– पृथ्वीनारायण शाहको समयदेखि अहिलेसम्मको इतिहास केलाएर भन्ने हो भने उनले गोर्खा राज्यलाई विस्तार गरेर नेपाल राज्य निर्माणको थालनी नगरेका भए, अहिले हामी नेपाली भनेर रहने स्थिति हुने थिएन । नेपालको इतिहासको अध्ययन गर्दै जाँदा धेरै व्यक्तिहरू महत्त्वपूर्ण पात्रका रूपमा अगाडि आउने गर्छन् । पहिले–पहिले राजा–महाराजहरूको मात्र इतिहास लेख्न चलन थियो । आजभोलि आम जनताको पनि इतिहास लेख्ने चलन [...]