दुर्गा विसी

बादी समुदाय भन्छन्, ‘कटेरोमा बस्ने दिन गए’

सल्यान– कटेरामा बसेरै गुजारा गर्दै आएका सल्यान पश्चिम क्षेत्रका बादी समुदायलाई आवासको व्यवस्था गरिएको छ । सरकारले आवासको व्यवस्था गरेसंगै गास, वास र कपासको समस्यामा पिरोलिएका वादि समुदायलाई राहत मिलेको छ । गत आर्थिक वर्षमा भवन डिभिजन कार्यालय दाङ मार्फत २ लाख ३३ हजारको लागतमा २ कोठे भवन र सोहि पैसाबाट सौचालय निमार्णको लागि रकम विनियोजन गरिएको थियो । तर भवन शौचालय निमार्ण गर्दा २ लाख ३३ हजार रुपैयाँ अपुग हुने भएकोले समुदायका व्यक्तिहरुले आफै थप [...]