दुर्गा वि.सी.

सुर्खेतको सिम्तामा राष्ट्रिय योग दिवस मनाईयो

सुर्खेत सिम्ता गाउँपालिका वादेपिपल आयुर्वेद औषधलाय राकमको आयोजनामा आज राष्ट्रिय योग दिवस मनाइएको छ । गरौ योग रहौं निरोग भन्ने मुल नारा तय गरिएको कार्याक्रममा वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिं को अध्यक्षतामा भएको कार्याक्रममा विभिन्न कार्यालयका प्रमुख,पार्टि प्रतिनिधी,वादेपिपल ईलाका प्रहरी कार्यालयका प्रमुख र योग प्रशिक्षक पुष्कर वि.सी. लगाएतका व्यक्तिहरुले योगको बारेमा धारणा राख्नु भएको थियो । साथै राष्ट्रिय योग दिवसको कार्यक्रम सकिए [...]

सिम्ता गाउँपालिकाको हिउदे अधिवेशन सुरुःमहत्वपुर्ण निर्णयहरुमा वृहत छलफल

सुर्खेत सिम्ता गाउँपालिकामा आजबाट हिउँदे अधिवेशनको प्रारम्भ भएको छ । गाउँपालिकाको यो हिउँदे अधिवेशनमा महत्वपुर्ण निर्णय तथा छलफबाट हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारि दिनु भएको छ । कार्यापालिकाको विभिन्न वैठकहरुबाट भए हुने गरेका निर्णयहरुलाई सभाले अनुमोदन गरेको छ । गाउँपालिकाको केन्द्रको लागि पातचौरमा रहेको १ सय ४६ रोपनी जग्गा समेत गाउँपालिकाको नाममा दर्ता गर्ने प्रक्रिया अगाडि वढाउने निर्णय गरिएको छ । साथै गाउँपालिकाको [...]

हाम्रो सस्कृती,हाम्रो परम्परा,हाम्रो पहिचान,धर्म र रितीरिवाज वचाउदै देउलीका युवा

सल्यानको बन्गाड कुपिण्डे नगरपालीका,४ देउलीका युवायुवतीहरु पुरानो संस्कारलाई निरन्तरता दिईरहेका छन् । पुरानाबाट नयाँ पुस्तामा पुरानो संस्कार सस्कृति जर्गेना गर्ने नगरको यो पहिलो गाउँ वनेको छ । तिहारको समयमा धेरै युवा युवतीले नयाँ पद्धतीमा नाच गान गरेर देउसी भैलो खेले भने यहाँका युवाहरुले मयुर नाच,बन्गाडी टप्पा र सिंगारुलाई प्राथामिकतामा पारे । मौलिक रुपमा उनिहरुले घरघरमा पुगेरे मयुर नाच र सिगारु नाचेर पुरानो सस्कृतिको वचाउ गरेका छन् । [...]

सुर्खेतको सिम्तामा विपन्न परिवालाई विपन्नता प्रमाण पत्र वितरण

सुर्खेतको सिम्ता गाउँपालिकाको आयोजनामा विपन्नता स्तरिकरणको प्रमाण पत्र समाहारो कार्यक्रममा आज १८ जना विपिन्न परिवारलाइृ प्रमाण पत्र प्रदान गरिएको छ । सिम्ता गाउँपालीकाको ९ वटै वडाका प्रत्येक वडाबाट २ जनालाई नमुनाका विपिन्नता प्रमाण पत्र प्रदान गरिएको छ । गाउँपालीकाको ९ वटै वडामा ५ हजार ५ सय ९५ मा घरधुरी रहेको भने उक्त क्षेत्रको ३१ हजार ३ सय १३ जनसंख्याको १ सय २३ घरधुरीलाई अति विपन्नमा राखिएको छ । सिम्ता गाउँपालीकाको जनसंख्या,जात,पेसा,आर्थिक [...]

बन्गाड कुपिण्डे नगरका सवारी साधनको चरम दुरुपयोग

बन्गाड कुपिण्डे नगरपालीकाका नगर देखि वडा सम्मका सरकारी सवारी साधानको चरम दुपर्याेग भएको छ । १२ वटै वडामा दिएका मोटरसाईकिलहरु सरकारी कामकाज भन्दा व्यक्तिगत प्रयोजनमा वढि प्रयोग हुने गरेको देखिन्छ । यात्रु वसारपसार गर्ने देखि नयाँ सिकारुले सिक्ने र व्यापारिक प्रयोजनमा हिडेको पाईन्छ । पुजा आजा,नाचगान,विवाहा रमाईला मेला पर्व,चाडपर्व हुदै राती १२ वजे सम्म पनि उक्त  मोटरसाईकिल गाउँघरमा विना कामकाज हुकिईएका हुन्छन् । सरकारी गाडि सरकारी कामकाज वाहेक [...]

गहुँ लिएर जाँदै गर्दा ट्याक्टर दुर्घटना

बन्गाड कुपिण्डे १ देवस्थलको माल्पेमा गहुँ लिदै गरेको भे १ त २२५८ ट्याक्टर दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । गहुँ लिएर आँपखोली हुदै माल्पे जानेक्रममा वेलुकी ८ वजेको समयमा ट्याक्टर दुर्घटना भएको जनाएको छ । ट्याक्टर दुर्घटना हुदाँ बन्गाड कुपिण्डे १ माल्पेका १४ वर्षिया विरेन्द्र वि.क.,१३ वर्षिया राम वहादुर वुढा,सोहि स्थानका वर्ष १६ कि पुष्पा वुढा,वर्ष ४६ की,सुकी वि.क.,वर्ष ४५ की भोटनी परीयार र वर्ष १३ का राम वहादुर रावत घाईते भएका छन् । घाईते ६ जनालाई [...]

सागिनेमा पहिलो पटक गाडि पुग्यो

बन्गाड कुपिण्डेको छिमेकी गाउँपालीका सिद्धकुमाखको सागीनेमा पहिलो पटक जिप पुगेको छ । सिद्धकुमाख गाउँपालीकाको वडा ४ को सागिनेमा गाडि पुगे पछि स्थानीय निक्कै खुसी वनेका छन् । बन्गाड कुपिण्डेको वडा ५ खैरागाडसँग नजिक रहेको उक्त गाउँ आफ्नै गाउँपालीकासँग सडक सञ्जालले नजोडिए पछि स्थानीय मर्कामा परेका छन् । अहिले सम्म उक्त गाउँपालीमा काम काजको लागि आवत जावत गर्न स्थानीय घण्टौ हिड्न् बाध्य भएको स्थानीय नविन चलाउनेले वताए । तर विगतको वर्षमा बन्गाड [...]

कक्षा ५ र ८ को नतिजा प्रकाशन,३ प्राविको नतिजा रोक्का

बन्गाड कुपिण्डे नगर शिक्षा शाखाले कक्षा ५ र ८ को नतिजा प्रकाशन गरेको छ । बन्गाड कुपिण्डे नगर शिक्षा अधिकारी रोम प्रसाद पाण्डेले दिएको जानकारी अनुसार यस नगरमा ५४ सामुदायिक ३ संस्थागत गरि कक्षा ५ को ५७ वटा विद्यालय र कक्षा ८ को १९ सामुदायिक र २ संस्थागत गरि २१ वटा विद्यालयको नतिजा प्रकासन गरेको छ । कक्षा ५ मा सहभागि ९४५ मध्ये ८ सय २७ विद्यार्थी कक्षोन्नती हुन योग्य भएका छन् । त्यसै गरि कक्षा ८ तर्फको परिक्षा सहभागि ७ सय ६१ मध्ये जिपिए ३.६ भन्दा वढि ल्याउने [...]
1 2