दुल्लु समाचारदाता

मदिरा नियन्त्रणमा वडाअध्यक्ष, २ सय ६० लिटर कच्चा पदार्थ नष्ट

१३ बैशाख, दैलेख- दैलेख स्थित दुल्लु नगरपालिका वडा नं.११ कालभैरवमा अवैध मदिराको लागि राखिएको कच्चा पदार्थ नष्ट गरिएको छ । स्थानीय पृथबहादुर शाहीको घरमा राखिएको करिब २ सय ६० लिटर कच्चा पदार्थ प्नहरीको सहयोगमा आफुहरूले नष्ट गरेको वडा अध्यक्ष खगेन्द्र बहादुर थापाले बताए । ईलाका प्रहरी कार्यालय चुप्राको टोली र वडाकार्यालयको संलग्नतामा उक्त मदिरा नष्ट गरिएको छ । अध्यक्ष थापाले भने “अव्यवस्थित मदिराले आर्थिक हानि मात्र गर्दैन, सामाजिक र नैतिक रुपमा पनि [...]