दैलेख ।

कमाउने रहरमा विदेश,फर्किएर बाख्रा पालन

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ वइरीका मोहन वाग्ले केहि बर्ष अगाडी विदेश हानिए । स्थानीय स्तरमा आम्दानीको स्रोत नदेखेपनि पैसा कमाउने रहरमा विदेश हानिएका वाग्ले १८ महिना खाडी मुलुकमै रुमलिए । विदेश गएर आम्दानी गर्ने र घर परिवारको आवश्यकताहरु पुरा गर्ने मनसायले खाडी मुलुकमा पुगेका वाग्ले १८ महिना नवित्दै घर फर्कीए । विदेशको दुःख भन्दा गाउँमै व्यवसाय संचालन गर्ने सोच राखेर घर फर्कीएका वाग्ले केहि समय रनभुल्लमा परे । कुन व्यवसाय संचालन गर्दा [...]