प्रकाशचन्द्र परियार

ती शहीद, यी सहिद

शहीद शब्द सुन्नेबित्तिकै सम्मानले छाती फुल्छ; स्वाभिमानले शिर झुक्छ; वीरताको गाथा गाउन मन लाग्छ र तानाशाही शासकप्रति दाह्रा किट्दै बचेखुचेको प्रवृत्तिविरुद्ध धावा बोल्न मन लाग्छ। किनकि महान् सहिदहरूको सहादतको मूल्यमा मुलुकको अग्रगमनको यात्रा तय भएको हुन्छ। उनीहरूको बलिदानी, आहुति र रगतको जगमा राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रा तय गर्ने गरिन्छ। विडम्बना पछिल्लो दशक हामीले सहिद शब्दको ओज, मर्यादा, मूल्य, गरिमा, सम्मान, मर्म र आस्थालाई यति [...]