प्रवासी काजी

गजल

म माया गर्छु उ एक सार्किकी छोरी हो। आमा बुझ्नुहोस् उ यसै धर्तीकी छोरी हो। मान्छेहरु यस्तो विभेद बोकि किन हिड्छन ? यो बाहुनकी छोरी हो यो योगीकी छोरी हो । लगनशीलता कहिल्यै हेरेन यो समाजले । हेरिरह्यो गरिबकी छोरी हो धनिकी छोरी हो ।   धर्ती भासिएको छैन र आकाश खसेको छैन । प्रसादले बिहे गरेको पनि कामीकी छोरी हो । मलाई अरुसंग कुनै पनि सरोकार राख्नु छैन । भनोस् दुनिया फरक पर्दैन वादीकी छोरी हो । प्रवासी काजी [...]