फागुन ६ –

कुटपिटले हात भाँचियो

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का खड्के कामीलाई सोही ठाउँका पदमबहादुर शाहीले कुटपिट गरेर हात भाँचिदिएका छन् । खड्के कामीको जग्गा हडप्ने उद्देश्यले फागुन २ गते मरणासन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन् । पदमबहादुर शाहीको उदण्ड स्वभाव र दवावका कारण खड्के कामी माथि भएको शोषण दमन बिरुद्ध कसैले बोलेका छैनन् । असुरक्षा बढ्ने भएकोले पीडितले न्यायका लागि उजूरी गर्न नसकेको मनबहादुर बिकले बताए [...]