फागुन ८

प्रजातन्त्र दिवसको अबसरमा विरामीलाई फलफुल वितरण

६८ औं प्रजातन्त्र दिवस देशभर उत्साहपूर्वक सम्पन्न भएको छ । दिवसको अबसरमा दैलेखमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । दिवसको अबसरमा आइतवार दैलेख सदरमुकाममा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो भने सोमवार जिल्ला समन्वय समिति दैलेखको आयोजनामा गरिएको प्रजातन्त्र दिवसको अवसरमा स्थानीय गणेशचौक देखि व्यानर सहित बजार परिक्रमा गरिएको छ । जिल्ला समन्वय समितिको हलमा गरिएको प्रजातन्त्र दिवस तथा दोस्रो निर्वाचन दिवसको अवसरमा बोल्ने अधिकाँस [...]