बसन्त बाघचन रेडियो रारा मुगु

मुगुमा पनि ६४ औ प्रहरी दिवस २०७६ सम्पन्न

मुगु – संघिय सरकार प्रतिनिधि सभाका सांसद माननिय गोपाल बमले समृद्ध नेपाल निर्माणका लागि नेपाल प्रहरीको अतुलनिय भुमिका रहेको बताउनु भयो । ६४ औ प्रहरी दिवस २०७६ को अवसरमा आज सदरमुकाम गमगढीमा जिल्ला प्रहरी कार्यालय मुगुले आयोजना गरेको कार्यक्रमा कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका बमले यस्तो बताउनु भएको हो । बमले अहिले नेपाल सरकार विभिन्न कानुनहरु निर्माण गर्ने प्रक्रियामा रहेको हुदा नेपाल प्रहरीलाई सशक्त रुपमा अगाडी बढाउन नसकेको भएपनि आगामी [...]