बिस्नप्रसाद न्यौपाने

नागरिकको ज्यान जोगाउँदै नेपाली सेना आर्मी क्याम्प, ब्लड ब्याङक

कालिकोट कात्तिक २६ गते, जिल्ला अस्पताल कालिकोटमा ब्लड ब्याङक नहुँदा बिरामीका लागि आबश्यक पर्ने रगत आपुर्तिका लागि समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने महिलाहरु तथा अन्य बिरामीहरुलाई आवश्यक पर्ने रगत नेपाली सेनाको रणसुर गुल्म, नेपाल प्रहरी तथा अन्य फेला परेका स्थानिय नागरिकहरुबाट आपुर्ति हुने गरेको छ । जिल्ला अस्पताल कालिकोटमा आउने अधिकांश बिरामीहरुलाई रगत आवश्यक परे जिल्लाका सुरक्षा निकायकै सहयोगमा रगतको आपुर्ति गर्नु [...]