भक्तबहादुर शाही

डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका -६ को जंगलमा भेटिएकाे लोपोन्मुख गिद्ध । दैलेख : डाईक्लोफेनेक मुक्त भएको १० वर्षपछि यहाँको जिल्लामा प्रकृतिको कुचिकर मानिने गिद्ध देखा पर्न थालेका छन् । पछिल्लो समय जिल्लालाई डाईक्लोफेनेक मुक्त भएपछि यहाँको जिल्लामा गिद्ध देखा पर्न थालेका हुन् ।जिल्लालाई विक्रम संवत २०६६ मा डाईक्लोफेन मुक्त जिल्ला घोषणा गरिएको थियो । मासुलाई आहार बनाउने तर आफु सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयबासीमा खुशी छाएको छ [...]

बदलिँदो राउटे !

बस्ती भन्दा टाढा गएर पढदै राउटे समुदायका बालबालिका । दैलेख : दक्षिण एशियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो राउटे । यो समुदायमा एक आपसमा गोप्य छैन । धन सम्पत्ति कमाउने लोभ छैन । जातिय विभेद, वर्ग विभाजन छैन । यही विशिष्ट संस्कार नै राउटेको पहिचान हो । राउटेमा कल्याल रास्कोटी, सोमबंशी गरि तीन जाति छन् । रास्कोटी, कल्याल, सोमवंशी बिच विहेवारी हुने गर्दछ । यो समुदाय गैरराउटेसँग विहेवारी गर्दैनन् । यो जाति आफ्नो परम्पराको निरन्तरता चाहान्छ ।तर पछिल्लो [...]

गाउँपालिकाभरि छाउपडी प्रथा कायमै

दैलेखको ठाटीकाँध गाउँपालिका ५ तोलिपाटामा मानव अधिकार सुनिश्चित, गुणस्तरिय शिक्षा,अन्तरक्रिया कार्यक्रमका सहभागीका सेनेटरप्याडको जानकारी दिदै, सोसेकका कार्यक्रम सहायक निर्देशक दुर्गा गिरी दैलेख : विगत केही बर्ष अगाडी दैलेख जिल्लाका पश्चिमका केहि गाविसलाई छाउपडी प्रथा मुक्त घोषणा गरियो । त्यतिवेला महिला पनि स्वयं उपस्थिति भएर छाउ नबार्ने, घरमै बस्ने प्रतिवद्धता जनाए । केही एनजिओ र आईएनजिओले छाउपडी प्रथा उन्मुलन भएको देखाउन गरिएको घोषणा, [...]

महिला –पुरुषबिच मितेरी

‘सामाजिक विभेदका विरुद्ध हामी मितेरी हो’ बैशाख २१,नेपालगञ्ज । तपाई हामीले नाम मिलेपछि महिला महिला र पुरुष पुरुष बिच मितेर वा मित लगाएको देखेको सुनेका छौं । तर बाँके जिल्लामा भने,महिला–पुरुषबिच पहिलो पटक मितेरी लगाएका छन् । लैङ्गिक मितेरी लगाउने श्याम गिरी र श्यामकुमारी चौधरी हुन् । उनीहरुले नेपालमै पहिलो पटक औपचारिक रुपमा मितेरी लगाएका छन् । एक दशक अघि रेडियो कार्यक्रम बोल्दै गर्दा चिनजान भएपछि मितेरी नाता जोडेका हुन् । श्याम गिरी र श्यामकुमारी [...]

निजी छोडदै,सामुदायिक विद्यालय रोज्दै विद्यार्थी

बैशाख ११,नेपालगञ्ज । शहर देखी ग्रामिण भेगका अधिकाँश सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयले नर्सरी अंगे्रजी माध्यमबाट अध्यापन गराउन थालेपछि निजी छोडेर विद्यार्थीको सामुदायिकमा आर्कषण बढने थालेको हो । दैलेखको ठाटिकाँध गाउँपालिका –५ स्थित मालिका मावि ठिमुरे विद्यालय विद्यार्थी पिटी खेल्दै । पछिल्लो समय अंग्रेजी माध्यमबाट पढाउन थालेपछि विद्यार्थी चाप बढदै गएको छ । तस्वीर ः भक्तबहादुर शाही [...]

शहर विस्तारले सकिदै खेती योग्य जमिन

नेपालगञ्ज । कुनै बेला नेपालगन्ज उपमहानगरपालिका–१८ का गयाप्रसाद बर्मा नेपालगञ्जका जग्गा जमिनका लागि निकै कलिएका थिए । बजार विस्तारसँग उनले आफुसँग भएको ९ कठ्ठा खेतीयोग्य जमिन विक्री गरे । धान, गहुँ रोपेर उत्पादन गर्दै आएको खेतमा अहिले ठूलाठूला महल ठडिएका छन् । १० बर्ष अघिसम्म फाट्टफुट्ट घरहरु रहेको भुजईगाउँ अहिले ठूलाठूला घरहरुले भरिएको छ । क्याप्सन ः नेपालगञ्ज उपमहानगरपालिकामा बाँके १८ गयाप्रसा शर्मा खेत जमिन निर्माण गरिएका घरहरु । तस्वीर ः [...]

आर्चरी खेलको आर्कषण बन्दै अनुष्का

बैशाख ९,नेपालगञ्ज । नेपालको सबैभन्दा बढी गर्मि हुने ठाउँ हो । प्रदेश ५ को नेपालगञ्ज । यही बेला नेपालगन्जलाई केन्द्र बनाएर आठौं राष्ट्रिय खेलकूद चलिरहेको छ । नेपालगञ्जको उखरमाउलो गर्मिको प्रवाह नगरि आठौं राष्ट्रिय खेलकुदका अधिकाँश सहभागी र प्रशिक्षक खेल खेल्न खेलाउनमा व्यस्त छन् । cfr{/Ldf j[4 सधै गर्मिको बेला कोठाबाट बाहिर ननिस्कने नेपालगञ्जबासी पनि गर्मि वेवास्ता गर्दै खेल्न हेर्न पाउँदा दंग छन् । मानौ नेपालगञ्जमा आजभोली गर्मि नै छैन जसरी । सधैका [...]