भिम कुमारी शाही दैलेख माघ २८

बालविवाह र छाउपडिको अभियान संचालन

गुराँस गाउँपालिकाको वडा नं. ३ सेरीमा बालविवाह र छाउपडि प्रर्था विरुद्ध अभियान थालिएको छ । अभियान अन्तरगत आइतवार सेरीमा र्याली सहितको कार्यक्रम संचालन गरिएको छ । छाउपडि र बालविवाहले न्यूनिकरण गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा गुराँस गाउँपालिका वडा नं. ३ सेरीका वडा अध्यक्ष वडा सदस्यहरु, भित्रका सम्पूर्ण विद्यालयमा विद्यार्थीहरु, विद्यालयका शिक्षकहरु, वडा स्तरिय बाल संजाल, बालक्लब लगाएतको सहभागिता रहेको थियो । [...]