मधु शाही

… उसो भए हामी सबै दलित

  काठमाडौं — सुटिङपछि सबै महँगा र सुकिला रेस्टुरेन्टतिर लागे । उनी अलि परम्परागत शैली मन पराउने मान्छे थिए । चम्किलो रेस्टुरेन्टमा गएनन् । बरु छेउमै सानो झुप्रोतिर लम्किए । त्यहाँ आफ्नै मौलिक स्वादमा बनाएका परिकार थिए । टुसुक्क पिंढीमा बसेका उनले जे पाइन्छ त्यो खाए । राजेश हमालले सामान्य ठाउँमा बसेर खानुले हो या अरू केही कुराले छेउछाउमा गाइँगुइँ चल्यो । फिल्म सुटिङ टिमकै एकजना साथीले उनलाई सुटुक्क कानमा फुके, ‘यो त दलितको घर हो नि, किन खाको ?’ [...]