माघ १५ गते

गुन्द्री छोईंदा कुटपिट !

महाबु गाउँपालिका–२ बडखोलाको डुंग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई सोही ठाउँका ४७ वर्षीय भीमबहादुर रोकाय र महाबु गाउँपालिका–१ खरिगैरा घर भएका भीमबहादुरका जुवाई २६ वर्षीय नगेन्द्र खत्रीले जातीय विभेद गर्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् । सोमवार दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा उनीहरु बसेको गुन्द्री छोइएको भन्दै आफू माथि कुटपिट भएको पहलको भनाई छ । कुटपिटको क्रममा पहलको दाहिने आँखामा कडा चोट लागेको छ । जिउभर [...]