राधा पौडेल

बलि मागिरहन्छन्, छोरीहरु छाउ गोठमा

भगवानको घर चाहे जो सुकैको होस मैले देख्छु आमा, बा,अनि देश । सबैले पुजे पादुका, मागे होलान आशिर्वाद पुगे चालिस दशकअघि गरे देशमै मर्ने अठोट । राधा पौडेल बुकुर्सि मार्दै गरेको त्यो साथी पाठो भन्न पाउँदिन नचढ्ने बलिमा । आलो रगतले पोतिएको अमुक भगवान बलि मागिरहन्छ छोरीहरु छाउ गोठमा । सर्प या धुवाँ या चिसो या बलात्कार कोख खालि छैन तर, काख रित्तै । सृष्टि सपार्न सिर्जेको एक चिम्टी रगत अशुद्ध फोहोरी, कसरी हुन्छ खै ? इन्द्र हुन् या देउवा, बुद्ध त्यहि रगत हिलारी हुन् [...]