रासस

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

कर्णाली :नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् । कर्णाली प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो । कोरोनाको पीसीआर [...]

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौं : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए । विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा [...]

‘मानवलाई बाँच्नै सकसको वर्ष’

काठमाडौँ :आज डिसेम्बर १०, अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विश्वभर मनाइँदैछ । सन् १९४८ डिसेम्बर १० अर्थात् आजकै दिन संयुक्त राष्ट्रसङ्घको महासभाले ‘विश्व मानवअधिकार घोषणा पत्र, १९४८’ जारी गरेको दिनको स्मरणमा आजका दिनलाई विश्वभर नै विश्व मानवअधिकार दिवसका रुपमा संसारभर मनाइन्छ । संयुक्त राष्ट्रसङ्घद्वारा जारी ३० बुँदे सो घोषणापत्रले नागरिकका समग्र अधिकारका विषयलाई समेटेको छ । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र एवं यो घोषणापत्रका [...]