विशाल सुनार

गर्भमै तुहिन्छन् छोरी

दैलेख : नारायण नगरपालिका वडा २ कि एक महिला तीन सन्तानकी आमा हुन् । तीनै छोरी भएको उनका श्रीमानलाई रुचेन । छोरा नजन्माएको भन्दै दिनहुँ टोकसो गर्न थाले । छोराको चाहना पूरा गर्न श्रीमती गर्भवती भएपछि छोरी भए फाल्ने, छोरा भए राख्ने प्रस्ताव गर्न थाले । उनी फेरि गर्भवती भइन् । गर्भ जाँच गर्न उनीहरू ऋण निकालेर बाँकेको नेपालगन्ज पुगे । एकपटक गर्भपतन गराएपछि पाँचौँ पटकमा बल्ल छोरा जन्माए ।  यो जोडीले  दुईपटक गर्भ जाँच गरि छोरा जन्माएको कुरा भुसको आगो झैं [...]