सजना सुनार

समय नतोकिएको कैदी

सजना सुनार कुनै दिन त्यो थियो, जतिबेला बिहान भएको थाहा हुन्थेन। दिनभरिको काम र व्यस्त दिनचर्याले साँझ भएको पनि पत्तै हुँदैन थियो। दिन अलि लामो भएदिए हुन्थ्यो भन्ने दिनहरू उफ…! एकदिन कटाउन पनि हजारौं पटक हातको घडी हेर्नुपर्ने ! आइतबारदेखि शुक्रबारसम्मको काम सकिँदा त्यही बचेको शुक्रबारे आधा दिन र शनिबारको एकदिन कत्ति प्यारो हुन्थ्यो। त्यसैमा यो गर्छु, त्यो गर्छु भनी थाँती राखेका काम पूरा नभए पनि त्यो समय आफ्नो लागि हो जस्तो लाग्थ्यो। बिडम्बना, [...]

चोटिला उपहारहरू !

सजना सुनार ल्यापटपको ठूलो पर्दामा गुगलका केही तस्वीर हेर्दै थिएँ। फोटो तलमाथि सारिरहेका बेला मलाई छेउमा बसेकी मेरी १० वर्षीया बहिनीले रोक्दै ल्यापटपतिर औलाले अंकित गर्दै भनिन्, ‘दिदी हजुरलाई याद छ, हामी एकपटक यसैगरी धेरै मान्छेसँग नयाँ ठाउँमा गएर खाना खाएका थियौं नि है।’ बहिनीको यो कुराले मलाई अचम्म लाग्यो। त्यतिखेर उनी मात्र चार वर्षकी थिइन्। त्यो समय र समयले लगाएको छाप अझै उनको दिमागमा ताजै रहेछ। उनको त्यो मधुर बोलीले मलाई सबै याद दिलायो। [...]

टिफिन बक्सले दिएको खुसी

दैलेख : साँघुरो र कच्ची सडकको केही अगाडि उघारिलो चौर छ । प्रकृतिले दिएको उपहार, हरियो दूबोको कार्पेट त्यो फराकिलो डाँडाभरी छ । यो चिसो मौषममा छिट्टै उदाउने बिहानीको पारिलो घाम । हरियो दूबो रूपी कार्पेटमा बसेर ती पारिलो र न्यायो घाम नतापी मनले नै मान्दैन । यो मनमोहक दृष्यमा बसेर पारी पट्टीको दृष्य अवलोकन नगरी बस्न सकिदैन । पारी पट्टी देखिने दृष्य जहाँ साना साना बालबालिका हर्षित् मुद्रामा बसिरहेका छन् । उनीहरूको झुण्ड–झुण्ड परेको समूहमा केही फरकपन [...]

योनीको रगत पवित्र कि ‘सुनपानी’

चारैतिरबाट चिसो सिरेटोले हाने जस्तो लाग्थ्यो । आफ्नो बिरानो चिन्नै नसक्ने गरी झमक्क साँझ परिसकेको त्यो साँझ । झाडीले घेरेको गोरेटो बाटोमा म र मेरो साथीको साहारा हातमा समातिरहेको स्मार्ट फोनको उज्यालो थियो । त्यहि उज्यालोको साहारामा बासका लागि नजिकै घर खोज्दै हिडेका हामी दुवै जनाको पाइला एकै साथ रोकियो । हामीले त्यहाँ नजिकैबाट गुनगुन आवाज आईरहेको चाल पायौ । आवाजमा रोदन, पीडा र आक्रोस सुनिन्थ्यो । मोवाइलको सहाराले यताउता हेर्दा ठुल्ठुला झाडीबाहेक [...]