सुनिता बस्नेत

‘आउ वलात्कार गर’

आउ वलात्कार गर मलाई मेरो शरिरले तिमीलाई त्रिप्ति दिन्छ भने लुछी देउ मेरा मासुहरु  सॉच्चै नै तिमी सिनो खाने गिद्ध हौ भने  मेरा मासुका थुप्रामा बात्सल्य देखेनौ मेरा कोपिलाहरुमा बहिनीको मखमली भेटेनौ आउ थिच मलाई, किच मलाई राक्षसी रुप मानिस भित्र बोकेको छौ भने चोक्टा चोक्टा त बाघले पनि लुछेकै हुन्छ चोरेको शिकारले नै स्यालले पेट भरेको हुन्छ लुछ मलाई, चुस मलाई, लुट मलाई आफ्नै घर र ऑगनमा पिपासु डुलेको छ भने मेरो संबेग, सम्मान र सपनाको के कुरो शरिर भरि यौनको पसल [...]

‘रजश्वला-निधारको टीको’

-सुनिता बस्नेत- हतार हतार दौडिएर गइ ऐना हेर्छु। केहि देख्दिन निधारमा ! ऑखा च्याति च्याति हेर्छु। ऐनालाई झ्लाल नजिक ल्याएर हेर्छु। मरे काटे देख्दिन निधारमा टीको ! हैन टीको लाग्न पर्ने होइन र मेरो निधारमा ?  मेरी हजुरआमाले त त्यसै भन्नु भएको थियो। ‘नछुनी’ हुने बित्तिकै निधारमा टीको लाग्छ। खोई त टीको ? १०/११ बर्षकि म पहिलो पल्ट ‘पर’ सर्दा ममीलाई भन्न भन्दा पनि पहिला दौडिदै बुइगलमा गएको थिए, निधारमा ज़िन्दगी भरि लाग्ने टीका हेर्न ! म उत्साहित थिए। कस्तो टीको [...]

‘बिहानी’

सुनिता बस्नेत सितले निथ्रुक्क रुझेकि बिहानी कठ्यॉग्रिएको मुटु छाती भित्र छोपि निरन्तर नियालि रहिन् क्षितिज पारि  रविको किरणले कहिले चुम्छ भनि।   झुल्के घाम बिना मुस्काउन्नन् रे बिहानी  घामले नछुंदासम्म जवान हुन्नन् रे बिहानी हर पल प्रतिक्षामा ऑखा ओच्छ्याई रहिन् उज्यालोलाई आलिंगन गर्न आतुर बिहानी।   रात भर अंध्यारोले बलात्कार गर्दा पनि क्रन्दन र चित्कार मनभित्रै दवाएरै पनि उज्यालोको लालसामा जन्मेकि बिहानी पर्खि रहिन् घाम कहिले उदाउंछ भनि। [...]