हिक्मत नेपाली दैलेख माघ २६

दुई सातामा ३ वटा छुवाछुतको घटना

गत माघ १० गते गुन्द्री छोएको निहँुमा महाबु गाउँपालिका–२ डुंग्रीका ५५ वर्षीय पहलबहादुर कामी कुटपिटमा परे । त्यसको लगत्तै दुल्लू नपा–१० गमौडीकी ३५ वर्षीया बालकुमारी नेपाली माथि सोही ठाउँका २८ वर्षीय जीतबहादुर सिंह र २८ वर्षकै उपेन्द्रबहादुर सिंह द्धारा विभेद गरे । माघ २२ गते राजाकाँधस्थित गणेश सिंहको पसलमा सामान किन्न जाँदा पानी खान खोज्दा लोटा छोएको भन्दै जीतबहादुर र उपेन्द्रले जातीय हिसावले अपमान गर्दै गाली गलौज गर्नुसंगै यौन आशयले आपत्तिजनक [...]