६ बैशाख

जनताद्वारा जनप्रतिनिधिलाई प्रश्नै प्रश्नः समृद्ध गाउँपालिका बनाउन व्यवसायमुखी काम गर्न सुझाव

दैलेख गुराँस गाउँपालिकाका जनताले जनचाहानाअनुसारको योजना बनाई कार्यान्वयन गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् । गुराँस गाउँपालिकासँगको समन्वयमा गुराँस आवाज साप्ताहिक पत्रिकाको आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रमका सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । उनिहरुले वितरणमुखि वजेटभन्दा विकासमुखि वजेटमा ध्यान दिनुपर्नेमा जोड दिदै विगतमा विकासको नाममा गरिएका कार्य चित्त नबुझ्दो भएको बताएका छन् । वडा नम्बर २ मा गरिएको कार्यक्रमका सहभागि [...]