सुर्खेतमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेतमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत -    सुर्खेतको वीरेन्द्रनगर- ११ पिपिरा चोकमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । धुलियाबिटबाट बजार तर्फ आउदै गरेको भे ७ प ७७४६ नम्बरको मोटरसाईकल पिपिरा चोकमा दुर्घटना  भएको हो ।

पिपिरा चोकमा रोकेर राखेको कर्णाली प्रदेश ०२०० प ४००४ नम्बरको स्कुटरलाई ठक्कर दिदा मोटरसाईकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १२ का ४१ बर्षका धर्मदत्त सापकोटा  गम्भीर घाइते भएका थिए ।

टाउको र छातीमा चोट लागेका उनलाई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा लगिएको थियो । उपचारको क्रममा उनको  आज मृत्यु भएको  कर्णाली प्रदेश प्रहरी कार्यालयले  जनाएको छ ।

प्रतिक्रिया