सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका संरचना खाली गर्न डोजर

सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका संरचना खाली गर्न डोजर

सुर्खेत -   सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका संरचना खाली गर्न डोजरसहितको टोली परिचालन गरिएको छ ।

समितिको जग्गामा बनेका संरचना भत्काउन सार्वजनिक सूचना निकालेरअनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि आज वीरेन्द्रनगर नगरपालिकाले डोजरसहित टोली परिचालन गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन र घण्टाघर क्षेत्रमा क्षेत्रमा नगरपालिकाले टोली खटाइएको छ । नगर विकास समितिको जग्गामा व्यवसाय गर्दै आएका व्यवसायीहरूले मंगलबार वीरेन्द्रनगर नगरपालिकाको मूल गेटमा संरचना भत्काउने निर्णयको विरुद्धमा नाराबाजी गरेका थिए । ३५ दिने सूचनाको म्याद सकिएपछि व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

पटक पटक संरचना भत्काउन चेतावनी दिँदासमेत नभत्काएपछि नगर विकास समितिले आफै भत्काउने निर्णय लिनु परेको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो ।

सुर्खेत उपत्यका नगर विकास समितिले माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरुलाई आफ्ना संरचना भत्काएर ठाउँ खाली गर्न अनुरोध गरेको थियो ।

नगरपालिकाले निकालेको सुचना फागुन २३ गते सकिएको हो । त्यसपछि मंगलबार ९हिजो० सम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरु संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए । सुर्खेत उपत्यका नगर विकास समितिको जग्गा वर्षैदेखि अवैध भोग चलन गर्दै आएका थिए ।

प्रतिक्रिया