बालक मृत्यू प्रकरण : फरार चालक र मोटरसाईकल नियन्त्रणमा

बालक मृत्यू प्रकरण : फरार चालक र मोटरसाईकल नियन्त्रणमा

सुर्खेत –   शनिबार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाईकल र चालक नियन्त्रणमा लिईएको छ।

प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ बर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाईलक पनि नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाईकलको ठक्करबाट शनिबार आठविस नगरपालिका–६ खिड्कीज्युलका ५ बर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो । यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाईकलले मामाको घरबाट फुपुको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका चालक र मोटरसाईकललाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो। बालकका आफन्तहरुले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। उनीहरुले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए

प्रतिक्रिया