कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु

कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु

सुर्खेत –  कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ   ।  मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेका छन् ।

उनी जीप चालक हुन् । बाजुराबाट कालिकोट जाने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा जीप दुर्घटनामा परेको थियो ।

ग १ ज ५७९५ नम्बरको जीप आज बिहान ३ बजे दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३० मिटर तल खसेको र जीपमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया