उर्लाबारीमा आगलागी : उद्धारमा खटेका प्रहरी सहित अठ्ठाइस जना घाइते

उर्लाबारीमा आगलागी : उद्धारमा खटेका प्रहरी सहित अठ्ठाइस जना घाइते
सुन्नुहोस्

मोरङ – गएराति मोरङको उर्लाबारीमा भएको आगलागीमा परी उद्धारमा खटेका प्रहरी सहित २८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चार जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उर्लाबारीका स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन् । आगलागी नियन्त्रणमा आएको र क्षति विस्तृत विवरण सङ्कलनको काम भइरहेको डीएसपी दाहालले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया