शिक्षाले मात्रै मानिसलाई न्याएको पक्षमा उभिन सक्ने बनाउँछ : सांसद ढकाल

विद्यालयले घोकन्ते विद्या हैन, व्यवहारिक शिक्षा दिनुपर्छ

शिक्षाले मात्रै मानिसलाई न्याएको पक्षमा उभिन सक्ने बनाउँछ : सांसद ढकाल

 

काठमाडौ –   पुर्व मन्त्री एवमं प्रतिनिधि सभा सांसद एकनाथ ढकालले शिक्षाले मात्रै मानिसलाई न्याएको पक्षमा उभिन सक्ने बताउनुभयो ।  ढकालले मङ्गलवार गोरखाको श्री जागेश्वर उच्च माध्यमिक बिद्यायको ४८ औं अभिभावक दिवस तथा बार्षिक उत्सब कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।   

बार्षिक उत्वसमा बोल्दै प्रमुख अतिथि एवम संघिय सांसद एकनाथ ढकालले संसदमा बिचाराधिन अवस्थामा रहेको शिक्षा बिधेयकलाई तत्काल पारित गर्न पहल गर्ने बताउनुभयो  । उहाँले बिद्यालयलाई राजनीतिक वाट मुक्त र प्रबिधि मैत्री  बनाउने तर्फ लाग्नुपर्नेमा जोड दिदै आर्थिक अनियमितता र  नैतिक बिचलनबाट टाढा राख्ने र बालमैत्री शिक्षा दिनुपर्ने उहाँको भनाई रहेको छ  ।

सोही विद्यालयका पूर्व बिधार्थी समेत रहेका सांसद ढकालले शिक्षाले मात्रै मानिसलाई न्यायको पक्षमा उभिन सक्ने बनाउने बताउँदै विद्यालयले घोकन्ते विद्या नभइ, व्यवहारिक शिक्षा दिनुपर्ने उहाँको भनाई रहेको छ ।  उहाँले विद्यालयले विद्यार्थीहरुलाई ​​​​​​​ घरमा नपाएको माया दिन सक्नु पर्नेमा जोड दिदै जीवनमा उच्च लक्ष्य र इमान्दार भएर अगाढि बढ्नु पर्ने उहाँको भनाई छ । दुःख बिना सफलता आउँदैन भन्दै विद्यालयलाई आवश्यक परेको बेला जस्तो सुकै सहयोग गर्न तयार छु, पूर्वमन्त्री समेत रहेका ढकालले भन्नुभयो, बिद्यालयले शैक्षिक गुणस्तर सुधार हुँदै गएको र अझै धेरै मिहेनत गरि २१ औं सताब्दी सुहाउदो अनुसन्धान मुलक शिक्षामा जोड दिनु पर्छ । विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिकालागि अभिभावकहरुको भुमिका महत्त्वपूर्ण हुन्छ  ।

सांसद ढकालले शिक्षा मानिसको तेश्रो आँखा भएको बताउँदै शिक्षा विना जिवन अन्धकार हुने भएकोले अवको शिक्षाले देश र जनता प्रति उत्तरदायी हुने नागरिक तयार गर्नु पर्नेमा जोड दिनुभयो  । मौजुदा शिक्षा प्रणालीले उत्पादनसंग नजोड्न नसकेपनि प्राप्त श्रोत श्रोत साधनको उपयोग विद्यार्थीलाई अनुशासति, व्यबहारिक र लगनशिल बन्नमा उत्प्रेरित गर्नु पर्ने बताउनुभयो  ।

कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष अमृतादेवी अवस्थीले विद्यालयलाई नुमना बिद्यालयको रुपमा अगाडी बढाउन शैक्षिक, भौतिक तथा सामाजिक रुपले व्यवस्थित र विश्वसनियताको आधार निर्माण गर्नु पर्नेमा जोड दिनुभयो  । अभिभावक शिक्षा अव बिद्यालयले हैन गाउँपालिकाले दिने बताउँदै बिद्यालयको भौतिक पक्षलाई मात्र ध्यान दिंदा विद्यालयमा विद्यार्थीहरुलाई दिइने शैक्षिक कृयाकलालाई पनि बढी महत्व दिनु पर्छ, उहाँले भन्नुभयो । 

शिक्षा विकास इकाई गोरखाका प्रमुख सुबास आचार्यले विद्यालयमा पढ्ने र पढाउने भन्दा पनि शिक्षकले किन र केका लागि कस्तो शिक्षा दिने भन्ने कुरा प्रष्ट हुनुपर्ने बताउदै बिधार्थीहरुले पनि मैले किन र के पढ्ने भन्नेबारे प्रष्ट हुन आवस्यक रहेको बताउनुभयो  । उहाँले भने विद्यार्थीहरुमा पढेर देशमै केही गर्छु र आफै स्वरोजगार बन्छु भन्ने भावनाको बिकास गर्न अभिभावक, शिक्षक र समुदायले फरक वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो  ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि भट्टको अध्यक्षतामा सम्पन्न समारोहमा बिद्यालयका प्रधानाध्यापक यदुनाथ सापकोटाले बिद्यालयको बार्षिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  । कार्यक्रममा गाउँपालिका स्तरीय माध्यामिक बिद्यालयहरुको लोक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न १० माध्यमिक बिद्यालयको सहभागित रहेको लोक नृत्य प्रतियोगितामा श्री जागेश्वर उच्च माध्यामिक विद्यालय प्रथम, नव जागृती चण्डी माध्यामिक विद्यालय दोस्रो तथा प्रभात माध्यामिक विद्यालय तेस्रो भएका थिए । उनिहरुलाई संधिय सासद ढकालले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो  । भने प्रथम हुने टिमलाई सांसद ढकालले पाँच हजार नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो  ।

दूई दिन सम्म चेलेको बार्षिक उत्सवमा गाउँपाकिलाका बिभिन्न संघ संस्था , वडा अध्यक्ष , सामुदायिक क्लब लगायतको उपस्थीति रहेको थियो । बिद्यालयले वर्षभरि सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषि भट्टको सभापतित्वमा कार्यक्रम भएको थियो ।

२०३२ सालमा स्थापना भएको बिद्यालयमा हाल २४१ बिधार्थी अध्यनरत छन् । बिद्यालयको भौतिक संरचना निर्माणमा सांसद ढकालको उल्लेखनिय योगदान छ।  ढकालकै संक्रियतामा टहरा मुनि पठन पाठन हुदै  आएकोमा भुकम्प प्रतिरोधी ८ कोठे दूई तले भवन निर्माण भएको छ । कार्यक्रममा पूर्व मन्त्रि ढकाल संगै परिवार दलका महामन्त्री प्रकाश बाबु थापा, सह(महामन्त्री मनोज सुर्खेती लगाएत समेतको आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया