भिजिट कर्णाली यातायातले सञ्चालनमा ल्यायो स्कारपियो गाडीहरू

भिजिट कर्णाली यातायातले सञ्चालनमा ल्यायो स्कारपियो गाडीहरू

सुर्खेत–   कर्णालीमा भिजिट कर्णाली यातायात प्रालिले एसी हिटर लगजरी सिटसहितको स्कारपियो सञ्चालनमा ल्याएको छ । नयाँ कम्पनी खडा गरेर समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णालीु नाराका साथ स्कारपियो सेवा सुरु गरेको हो ।

प्रदेशको पर्यटन प्रवर्द्धन टेवा पुग्ने उद्देश्यसहित स्कारपियो गाडीहरू सञ्चालनमा ल्याइएको प्रालीका अध्यक्ष प्रकाश कुमार शाहीले बताउनुभयो  । यातायात प्रालिबारे आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

अध्यक्ष शाहीका अनुसार १ करोडको शेयर लगानीमा यातायात प्रालि सञ्चालनमा ल्याइएको र अहिले १८ वटा स्कारपियो गाडीहरू रहेका छन् । ५२ लाखदेखि ६७ लाखसम्मका गाडीहरू रहेको पनि बताउनुभयो  ।

विशेषगरी पर्यटकीय स्थलहरू मुगुको रारा, जुम्ला चन्दननाथ, कालिकोटको पचालझरना, दैलेख पंचकोशी, महावुधाम लगायतका प्रमुख पर्यटकीय स्थलहरूमा सञ्चालन हुने गरी पर्यटक र यात्रुहरूलाई केन्द्रबिन्दुमा राखिएको बताउनुभयो ।

साथै अनलाइन टिकेट बुकिङ सेवा पनि तयारी भइरहेको छ । गाडीमा कर्णालीका प्रमुख पर्यटकीय स्थलहरूको तस्बिर तथा स्टिकरहरु टाँस गरिने छ, उहाँले भन्नुभयो, यसले प्रदेशको पर्यटनको प्रसार प्रचारमा पनि टेवा पुग्ने अपेक्षा राख्दछौँ ।

सुर्खेत उपत्यकाभित्र यात्रुलाई स(शुल्क घरदैलो सेवा समेत दिइएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतिक्रिया