ठाटिकाँधमा  १४ औं जिल्ला स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन

ठाटिकाँधमा  १४ औं जिल्ला स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन

दैलेख -  दैलेखको ठाटिकाँध गाउँपालिकामा  १४ औं जिल्ला स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।

मंगलबार कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रि बेदराज सिंहले उद्धघाटन गर्नुभएको उक्त राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगितमा जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरु लगाएत खेल प्रशिक्षकहरु र खेलाडिहरुको सहभागिता रहेको थियो ।

 खेलकुद प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि सिंहले विभिन्न तहका शिक्षाको आवश्यकता संगै स्वस्थ जिवनयापनका लागि खेलकुदको पनि त्यतिकै आवश्यकता रहेको भन्दै आज विश्वका विकसित राष्ट्रहरु खेल र खेलाडीकै माध्यमबाट परिचित रहेकोमा जोड दिनुभयो ।

त्यसैगरि खेलकुद प्रतियोगितालाई शुभकामना व्यक्त गर्दै ठाँटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष रक्ष बहादुर शाहले गाउँपालिकाको विविध समस्या र चुनौतिका वाफजुद खेल सञ्चालको अभिभारा बोकेको भन्दै खेलकुदको माध्ययमबाट भोलिका दिनहरुमा गाउपालिकाको पहिचान दिन सक्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोपाल विसिले खेलकुद प्रतियोगिता सञ्चालनको लागि आर्थिक समस्या चुनौतिको रुपमा रहेको र राष्ट्रले जिम्मेवारीमात्र सुम्पिनु दुःखको कुरा रहेको औँल्याउनुभयो ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सुरु भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट संचालन भएको जिल्ला खेलकुद बिकास समितका सदस्य सचिव भुपेन्द्र बहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जिल्ला खेलकुद बिकास समितिको आयोजना , ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोग तथा ठाटीकाँध गाउँपालिका खेलकुद बिकास समितिको व्यबस्थापनमा भोलि मिति २०८० माघ १६ गते देखि खेल सुरु भई माघ १९ गते समापन हुनेछ ।

जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा दुल्लु नगरपालिका बाहेक दैलेखका १० वटा स्थानिय तहले सहभागिता जनाएका छन । प्रतियोगिता ठाटिकाँध गाउँपालिकाको कृष्ण माध्यामिक बिद्यालयको खेल मैदान, ठाटीकाँध गाउँपालिकाको टुडिखेल तथा बिजारेको खेल मैदानमा हुनेछ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगाएतका खेलहरु संचालन हुने भएका छन ।

सोसेक नेपालको स्वास्थ्य सहायता कक्ष स्थापना

ठाटिकाँधमा  १४ औं जिल्ला स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सोसेक नेपालले  स्वास्थ सहायता कक्षबाट खेलाडी, बालबालिकालाई स्वास्थ सेवा दिने भएको छ ।

एइ आइ एन लक्जेम्बर्गको साझेदारी सोेसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाले स्वास्थ्य सहायता कक्ष स्थापना गरेर खेलाडी, बालबालिकालाई स्वास्थ सेवा दिने भएको हो । ठाटीकाँध गाउँपालिकाको दुइवटा सोसेक नेपालको तर्फबाट एक ठाउँमा स्वास्थ्य शिविर संचालन गरेको सहकार्य परियोजना संयोजक जिवराज रेग्मीले बताउनुभयो  ।  

 

प्रतिक्रिया