ठाटीकाँधमा बिग्रिदै माटोको अवस्था , प्राबिधिक भन्छन् कृषि चुन प्रयोग गरे माटो सप्रिन्छ

ठाटीकाँधमा बिग्रिदै माटोको अवस्था , प्राबिधिक भन्छन् कृषि चुन प्रयोग गरे माटो सप्रिन्छ

ठाटीकाँध -  दैलेखको ठाटीकाँध गाउँपालिकामा माटो परिक्षण तथा घुम्ति बाली उपचार शिविर सम्पन्न भएको छ । कर्णालि प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालय अन्र्तगत एकिकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनामा ठाटीकाध गाउँपालिका र सोसेक नेपालको सहजिकरणमा सम्पन्न भएको हो । माटो परिक्षण तथा घुम्ति बालि उपचार शिविर शिविरमा ११९  जना कृषकले माटोको नमुना परिक्षण गरेका छन्   ।

 माटो परिक्षणको क्रममा एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली अधिकृत राम बहादुर थापाले ठाटीकाँधमा माटोको ९५ प्रतिशत अवस्था बिग्रिसकेको बताउनुभयो । माटो परिक्षणको क्रममा कृषकहरुले ल्याए अनुसार परिक्षण गरिएको छ  । उक्त परिक्षण अनुसार हेर्ने हो भने माटोको ९५ प्रतिशत अवस्था बिग्रको बताउनुभयो । माटोको स्याम्पल जम्मा गरे अनुसार माटोको अवस्था बिगे्रको छ, उहाँले भन्नुभयो,  माटोको स्याम्पल कसरी जम्मा गर्नुभयो त्यो प्राबिधिक कुरा मिल्यो मिलेन थाहा भएन । माटो जम्मा गर्ने भन्ने विषयमा कम्तिमा एकदिन अनुशिक्षण दिएर खेती नलगाएको ठाउँबाट पानीले नभिजेको, पशुबस्तुले गोब्राएको, ठाउँबाट ल्याउन नमिल्ने बताउनुभयो ।

 उहाँहरुले ल्याएको सबै माटोमा विरुवालाई चाहिने मुख्य खाद्य तत्वहरु नाइटोजन फस्फोरस, पोटासको मात्रा उच्च रहेको छ । जता ततै सबै ठाउँको उच्च त नहोला । उहाँहरुले १५ सेन्टिमिटर तलबाट ल्याउनु पर्ने हो । माटोमा भएका तत्वहरुको अवस्था अत्यन्त राम्रो छ, उहाँले भन्न्ुभयो, तर त्यो तत्वहरुलाई माथि बोटबिरुवाले लिएर उपयोग गर्न सक्ने अवस्था छैन । तत्व छ विरुवाले लिन सकिरहेको छैन । माटोको सबै पिएचमान अम्लिय रहेको छ । ठाटीकाँध गाउँपालिकाका म्याक्सिमम ठाउँहरुमा एउटा अभियानकै रुपमा कृषि चुनको मात्रा प्रस्त रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । सबै ठाउँहरुमा कृषि चुनको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको थापाले बताउनुभयो । 

सम्रग रुपमा ६.५ देखि ७ सम्मको माटोलाई एकदमै उत्तम मानिन्छ । त्यो माटोलाई त्यो माटोलाई हामीले स्याम्पल नम्बर २१ मा मात्र पुर्ण रुपमा त्यस्तो भेटिएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँले माटोलाई सधै संरक्षण गरेर, मर्न नदिएर जोगाएर राख्नुभएकोले त्यस्तो देखिएको हो । पोटास प्रयोग गर्नु हुँदैन गोठे मल प्रस्त प्रयोग गर्नुहुन्छ । सिचाईँ र खनजोत गर्ने, माटोलाई सुकाउने जस्तो गर्ने भएकोले उहाँको माटोको अवस्था राम्रो रहेको बताउनुभयो । 

माटोको अवस्था सम्रग रुपमा ६.५ देखि ७ सम्मको माटोमा जुनसुकै बाली रोप्न सकिने माटो हो  । अहिले ठाटीकाँधको माटोमा ४.३, देखि ४.६ हुँदै ५ सम्म कटेको दखिदैनन् । त्यति तलसम्म बिग्रको अवस्था रहेको उहाँको भनाई छ । माटो सुधारका लागि अभियानका रुपमा कृषि चुनको प्रयोग गर्नुपर्ने हुन्छ,उहाँले भन्नुभयो, कृषि चुनको प्रयोग अभियानका रुपमा चलाउनुपर्छ । कसैले एकपटक प्रयोग गरे हुन्छ । केही कृषकले दोहोर्याउनुपर्ने पनि हुनसक्छ ।


 

प्रतिक्रिया