अभिव्यक्तिका कारण चौतर्फी विवादमा मुख्यमन्त्री कार्की

अभिव्यक्तिका कारण चौतर्फी विवादमा मुख्यमन्त्री कार्की

काठमाडौँ -    'फस्ट बेञ्चमा बस्नेले त कसरी पढ्ने, लोकसेवा पास गर्ने र भुँडी भर्ने भन्ने मात्र जान्यो । उ अहिले खरदार छ म मुख्यमन्त्री छु ।' यो अभिव्यक्ति हो कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको  हो । यहि अभिव्यक्तिका कारण कोशी प्रदेशका मूख्यमन्त्री केदार कार्की विवादमा छन् । सामाजिक संचालमा उनलाई सबैले उडाइरहेका छन् ।

सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माध्यामिक विद्यालयको वार्षिकोत्सवमा दिएको अभिव्यक्तिका कारण उनी यतिबेला चौतर्फी विवादमा फसेका छन् ।  कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर बसेर पनि अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । कार्की अझै थप्छन्, फस्ट बेन्चरले कलम चलाउने र आफ्नु भुडिभर्ने मात्रै जानेका छन् । तर, कक्षा कोठामा सबै अब्बल हुन्छन्, म लास्ट बेन्चर यतिबेला मुख्य मन्त्री छ ।

सोही अभिव्यक्तिका कारण मुख्यमन्त्री कार्की विवादमा परेका हुन् । उनको भाषण सुन्ने कलिला बालबालिकाको दिमागमा के पस्यो होला रु अब नपढे पनि मुख्यमन्त्री भइनेरहेछ भन्ने भान किन पारेका होलान मुख्यमन्त्रीले ? प्रदेश मुख्यमन्त्रीबाट के सिक्ने विद्यार्थीले भन्दै मुख्यमन्त्री कार्कीको आलोचना भइरहेको छ ।

सामाजिक संजार फेस्बुक ट्टीटर लगायतमा यतिबेला उनको अभिव्यक्तिको मज्जाक उडाइएको छ । 

प्रतिक्रिया