सोरुका किसान टिमुर खेतीमा आकर्षित

सोरुका किसान टिमुर खेतीमा आकर्षित

मुगु– सोरु गाउँपालिकामा किसानले करिब दुई क्वीन्टल टिमुर उत्पादन गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा ३०/४० जना किसानले टिमुर उत्पादन गर्दै आएका छन् ।

गाउँपालिकाको ५ नम्बर वडामा टिमुर खेतीको लागि उपयुक्त हावापानी भएकोले टिमुर खेतीमा किसान आकर्षित भएको कृषि शाखाका सरोज खड्काले बताउनुभयो । डेढ रोपनी जमिनमा ३०/४० जना किसानले टिमुर खेती गर्दै आएको खड्काले बताउनुभयो  । 

गत वर्ष किसानले स्थानीयस्तरमा करिब दुई क्वीन्टल टिमुर उत्पादन गरेको बताउनुभयो  । उत्पादित टिमुर व्यापारीले किसानको घरमै आएर खरिद गर्ने गरेको खड्काको भनाइ छ । गाउँपालिकाले वडा नम्बर -५ लाई टिमुर खेती गर्ने उपयुक्त ठाउँको रुपमा छनौट गरेको बताउनुभयो  ।

गाउँपालिकाले बजारीकरणमा सहयोग गरेन भनेर किसानले गुनासो गर्ने गरेका छन् । गुनासोपछि बजार सहजीकरणमा पहल गर्न खोजेका छौ लागु गर्ने योजना छौँ, उहाँले भननुभयो। उत्पादित टिमुर किसानले हुम्ला करिडोर, सुर्खेत, नेपालगञ्ज, गमगढी लगेर बिक्री गर्ने गरेको उहाँले सुनाउनुभयो ।

गाउँपालिकाले १ र २ नं.वडामा सिमी उत्पादन गर्न, ६ नम्बर वडामा ओखर र स्याउ उत्पादन, ५ नम्बरमा टिमुर उत्पादन र ७ र ८ नंम्बर वडामा तरकारी लगाउन छनौट गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा बीउविजन वितरण तथा किसानलाई तालिम दिएको उहाँले बताउनुभयो । आउदो फागुन चैतबाट खेती लगाउन शुरु गर्न लागेको उहाँको भनाइ छ ।

प्रतिक्रिया