मुगुमा अल्पकालीन आश्रयस्थल बनाउन जोड

मुगुमा अल्पकालीन आश्रयस्थल बनाउन जोड

मुगु  -   मुगुमा अल्पकालीन आश्रयस्थल (सेफ हाउस) को आवश्यकता रहेको सरोकारवालाले बताएका छन् । सामाजिक विकास कार्यालय मुगुको आयोजनामा आज यहाँ आयोजित लैङ्गिक समानता तथा सामाजिक समावेशीतासन्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले सदरमुकाम गमगढीमा सेफ हाउस निर्माणमा जोड दिएका हुन् । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा सुरक्षित घर बनाउन सके पीडितको सुरक्षाको सुनिश्चिता हुनुका साथै कानुनी उपचारका लागि सहज हुने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले महिला हिंसा, घरेलु हिंसा र जबरर्जस्तीकरणी सम्बन्धिका पीडितलाई राख्न जिल्लामा सुरक्षित घर नहुँदा समस्या भएको बताउनुभयो । 

छायानाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले सुरक्षित घर निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग बजेटको माग गर्नुभयो । घर निर्माणपछि सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो । 

सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले तीनै तहका सरकारको आगामी वर्षको बजेट तथा कार्यक्रममा जिल्लामा सुरक्षित घर निर्माण र सञ्चालनका लागि व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

 कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मन्जनबहादुर कार्कीको समेत उपस्थिति थियो । दुरदराजबाट दुई÷तीन दिन हिँडेर कानुनी उपचार खोज्न सदरमुकाम गमगढी आउने पीडित जिल्लामा सुरक्षित घर नहुँदा झनै पीडित हुँने गरेका छन् । 

प्रतिक्रिया